
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलर, कुबेती दिनार, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०१ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा थियो।
त्यस्तै आज पाउन्ड एकको खरिददर १८६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ४८ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८६ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८७ रुपैयाँ २६ पैसा थियो।त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९८ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५६ पैसा थियो।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४९ रुपैयाँ २७ पैसा र बिक्रीदर ४५१ रुपैयाँ २३ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४९ रुपैयाँ १५ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ११ पैसा थियो।आज बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ३५पैसा र बिक्रीदर ३६५ रुपैयाँ ९४ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ०६ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।