आइतवार, असार २९, २०८२
English
Follow us:

कालीगण्डकी करिडोर सडक अवरुद्ध

कालीगण्डकी करिडोर सडक अवरुद्ध

  • खबर सेवा

  • मङ्लबार, असार ३, २०८२

  • 18
    SHARES
कालीगण्डकी करिडोर सडक अवरुद्ध

काठमाडौँ। पहिरो खसेपछि गुल्मीस्थित कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ।

सोमबार दिउँसो कालीगण्डकी गाउँपालिका–६ बर्लवामा पहिरो खसेर अवरुद्ध भएको सडकमा अझै गाडी चल्न सकेका छैनन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार माथिबाट खसेको ठूलो पहिरोले करिडोर सडक पूर्णरूपमा अवरुद्ध भएको छ। अहिले पनि त्यहाँ पहिरो खसिरहेको छ।

पहिरो खस्न रोकिएपछि मात्रै सडकको अवरोध हटाउने तयारी भएको सारुले बताए।

पहिरोमा रोकिएका सवारी साधनलाई पूर्तिघाटबाट वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology