राजनीति

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं। प्रतिनिधि सभा बैठक यही असार ५ गते बिहीबारसम्मका लागि स्थगित गरिएको छ । मंगलबार सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

मंगलबार केही समय बसेको बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो । पछि साढे चार बजे बस्ने गरी सूचना टाँस गरिएको थियो । तर, सो समयमा पनि बैठक नबसेपछि सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर असार ५ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो।

दलहरूबिच भिजिट भिसा प्रकरणमा सहमति जुट्न सकेको छैन । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएका छन् ।

यसअघि सभामुख र पाँच दलका प्रमुख सचेतकबिचको छलफल पनि विना निष्कर्ष सकिएको थियो । सभामुख देवराज घिमिरेले बुधबार सहमतिका लागि गृहकार्य गर्न समय दिएको सचिवालयले जनाएको छ ।

 

सम्बन्धित समाचार

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...

हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्‍यौँ : लेखराज भट्ट

हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्‍यौँ : लेखराज भट्ट

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...

यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...