सर्लाहीमा झडप : इन्स्पेक्टरसहित १० जना घाइते
सर्लाही। सर्लाहीको बरहथवा नगरपालिका–४, खैरवाटोलमा शनिबार (असार ७) बिहान बाटो विस्तारका क्रममा दुई पक्षबीच झडप हुँदा प्रहरीसहित १० जना घाइते भएका छन्।
सडक विस्तारका विषयमा विवादपछि ढुंगा हानाहान भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नाका साथै एक राउन्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता बालिष्टर सिंहले जानकारी दिए।
घटनामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिवाकर गणेशको दाहिने हातमा चोट लागेको छ। प्रहरी जवान प्रमेश्वर राय यादवको टाउकामा चोट लागेको छ । बरहथवा नगर अस्पतालमा उनीहरूको उपचार भइरहेको छ।
बरहथवा नगरपालिका–४, खैरवाका ५० वर्षीय टीकाबहादुर कार्की, ५२ वर्षीय कुलबहादुर कार्की, ३५ वर्षीय सञ्जय कुशवाह, ४२ वर्षीय रमेश महतो, ३८ वर्षीय इन्दु देवी, २६ वर्षीय प्रदीप कुशवाह, २८ वर्षीय अनिल कुशवाह र ३५ वर्षीय उमेश महतो घाइते छन् । घाइतेमध्ये टीकाबहादुर र कुलबहादुरलाई बरहथवामा प्राथमिक उपचारपछि काठमाडौं ‘रेफर’ गरिएको छ । अरू घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ ।
झडपमा संलग्न भएको आरोपमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ। रासस
ताजा अपडेट
-
१.
एनआरएनएलाई प्रधानमन्त्रीको आह्वान : नेपालको सद्भावना दूतका रूपमा रहेर मुलुकको विकास र समृद्धिमा योगदान दिनुहोस्
-
२.
श्रीराम ग्यास उद्योगले छ हजार सिलिन्डर लुकाएको भेटियो, ३ लाख जरिवाना
-
३.
यी हुन् प्रतिनिधिसभाका समानुपातिक सांसद
-
४.
धनराज गुरुङको निष्कर्ष : घर जलाएर आगो ताप्न थाल्दा कांग्रेस हार्यो
-
५.
कालीकोटमा करेन्ट लागेर एकको मृत्यु
ट्रेन्डिङ
-
१.
जनताप्रतिको सेवाभावमा कमी हुँदैन : ओली
-
२.
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
-
३.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
-
४.
औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने
-
५.
विदेशी मुद्रा सञ्चिति नाघ्यो ३३ खर्ब, २१ महिनाको आयात धान्ने
सम्बन्धित समाचार
कालीकोटमा करेन्ट लागेर एकको मृत्यु
कालीकोट । कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–८ बाँखरकोटका ५० वर्षीया मन बरालको करेन्ट...
छ वर्ष कैद र २२ करोड जरिवाना तोकिएका श्रेष्ठ पक्राउ
काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक...
बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन थाल्यो
काठमाडौं। काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन थालेको छ। मात्रा घटाउने उद्देश्यका साथ महानगरले छुट्टै सुक्खा फोहर व्यवस्थापन...
जेन–जी आन्दालनले धनी र गरिवबीचको आम्दानीको वितरणमा ठूलो खाडल
काठमाडौँ। भदौ २२ र २३ गते भएको जेन–जी आन्दोलनको एउटा कारणका रुपमा धनी र गरिवबीचको आम्दानीको वितरणमा रहेको ठूलो...




