आइतवार, असार २९, २०८२
English
Follow us:

कालीगण्डकी कोरिडोर अवरुद्ध, पहिरो रोकिएन

कालीगण्डकी कोरिडोर अवरुद्ध, पहिरो रोकिएन

  • खबर सेवा

  • शनिबार, असार ७, २०८२

  • 64
    SHARES
कालीगण्डकी कोरिडोर अवरुद्ध, पहिरो रोकिएन

काठमाडौं। शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर निरन्तरको पहिरोका कारण आज पनि बन्द नै रह्यो । कालीगण्डकी गाउँपालिका –१ अन्तरगत हर्मीचौर–अर्बेनीमा निरन्तर सुक्खा पहिरो खसेपछि कोरिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।

पहिरो रोकिएकाले सडक सञ्चालन गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले बताए । ‘सडक माथिबाट लगातार सुक्खा पहिरो झरिरहेको छ, हामीले यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छौँ,’ प्रहरी नायव उपरिक्षक सारुले भने । उनले तत्कालै उक्त सडक सञ्चालन हुन सक्ने अवस्था नरहेको बताए ।

पहिरोले अवरुद्ध रिडी–बामीटक्सार सडकखण्ड भने एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको छ । उक्त सडकखण्ड अन्तरगत चन्द्रकोट गाउँपालिका –७ स्थीत सिस्ने भीरमा सडक माथिबाट खसेको पहिरोको केही भाग हटाएपछि सडक आंशिक रुपमा सञ्चालन गएिको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology