आइतवार, असार २९, २०८२
English
Follow us:

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु

  • खबर सेवा

  • आइतवार, असार ८, २०८२

  • 31
    SHARES
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु

रुपन्देही। रुपन्देहीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका प्रहरीले जनाएको छ।

बनगाइ–मर्चवार सडक खण्डको मायादेवी गाउँपालिका ७ गरगट्टिमा लु २ ख २४७४ नम्बरको टिपपरले शनिबार ठक्कर दिँदा दुई युवकको मृत्यु भएको हो।

मृत्यु हुनेमा सम्मरीमाई गाउँपालिका ५ का २० वर्षीय समीर खान र कोटहीमाई गाउँपालिका ७ का १८ वर्षीय शिवनाथ ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार मर्चवार गाउँपालिका ५ का १७ वर्षीय अमित यादव घाइते भएका छन्। प्रहरीका अनुसार उनको अवस्था खतरामुक्त छ।

ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology