शिक्षा विधेयक संसदीय समितिबाट पारित, एसईई प्रदेशबाट सञ्चालन हुने
काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेश तहबाट सञ्चालन गर्ने गरी संसद्को शिक्षा समितिबाट प्रस्ताव पारित भएको छ। विद्यालय शिक्षा विधेयकमा छलफलको क्रममा शिक्षा उपसमितिले आफ्नो प्रतिवेदनमा एसईई हटाउने प्रस्ताव गरेको थियो।
एसईई हटाउन नहुने भन्दै शिक्षा मन्त्रालयले प्रस्ताव पेस गरेको थियो। त्यसमा समिति सदस्यहरूले आआफ्नो धारणा राखेका थिए । उनीहरूको धारणापछि एसईई प्रदेशबाट सञ्चालन गर्न दिनेगरी प्रस्ताव पारित गरेको हो।
कक्षा १० अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा प्रदेशस्तरबाट सञ्चालन गर्न दिनेगरी प्रस्ताव समिति सभापति अम्मरबहादुर थापाले गरेका थिए। त्यसमा समितिका अधिकांश सदस्यहरूले पारित गरेका हुन।
प्रदेशबाट सञ्चालन गर्दै गर्दा राष्ट्रिय परीक्षा बोर्डसँग समन्वय गरेर काम गर्नुपर्नेछ। त्यस्तै प्रदेश कानुनको व्यवस्था भएबमोजिम हुने र त्यो नहुँदासम्म सङ्घीय कानुन अनुसार सञ्चालन गर्न बाधा नपुग्ने भनिएको हो।
उक्त प्रस्तावमा शिक्षामन्त्री रघुजी पन्तले यो संविधान विरोधी नभई यसले शिक्षाको गुणस्तर सुधार ल्याउने बताएका थिए।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
जनताप्रतिको सेवाभावमा कमी हुँदैन : ओली
-
२.
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
-
३.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
-
४.
औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने
-
५.
विदेशी मुद्रा सञ्चिति नाघ्यो ३३ खर्ब, २१ महिनाको आयात धान्ने
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




