स्वास्थ्य

स्वास्थ्यमन्त्रीको स्वास्थ्य अवस्था सुधारोत्मुख

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलको स्वास्थ्य अवस्था सुधारोत्मुख रहेको उपचाररत अस्पतालले जनाएको छ । मन्त्री पौडेललाई शुक्रबार साँझदेखि ज्वरोसहितको समस्या देखिएसँगै शनिबार बिहान वीर अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालका निर्देशक डा। दिलीप शर्माले मन्त्री पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सोमबार जानकारी दिए ।

‘उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ,’ उनले भने, ‘निरन्तर निगरानीमा राखिएको छ ।’

मन्त्री पौडेल अस्पतलाको पुरानो भवनमा रहेको विशेष भीभीआईपी कक्षमा उपचाररत छन् । मन्त्री पौडेल बैंककको एक बैठकमा भाग लिई शुक्रबार स्वदेश फर्किएका थिए ।

उच्च ज्वरो, कमजोरी भएपछि सुरुमा उनलाई कोरोना वा डेंगु सङ्क्रमणको आशंका गरिएको थियो । यद्यपि परीक्षण गर्दा कोरोना र डेंगुको नेगेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार

औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने

औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि र सुदृढीकरण गर्ने भएको छ।...

वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ। पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदुषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष...

बालबालिकामा पनि देखियो कुष्ठरोगको जोखिम, सरकारले प्राथमिकतामा राखेर नियन्त्रण गर्ने

बालबालिकामा पनि देखियो कुष्ठरोगको जोखिम, सरकारले प्राथमिकतामा राखेर नियन्त्रण गर्ने

काठमाडौँ। सरकारले बालबालिकामा देखिएको कुष्ठरोगको जोखिमलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । हालै सार्वजनिक भएको...

निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च तयारी

निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च तयारी

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समयमा स्वास्थ्य सेवा निरन्तर राख्न उच्च शतर्कता...