राहत शिक्षकहरूको माग सम्बोधन नगरिए कडा आन्दोलनको चेतावनी
काठमाडौं। राहत शिक्षकहरूले विद्यालय शिक्षा विधेयकमा समावेश गर्न लागिएको विषयमा आपत्ति जनाएका छन् । अस्थायी, राहत तथा करार शिक्षकहरूलाई स्थायी गराउने विषयमा विधेयकमा ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र ४० प्रतिशत खुला प्रतिस्पर्धामार्फत गराउने विषयमा सहमति जुटेको छ । तर, उनीहरूले ६०-४० नमान्ने चेतावनी दिएका छन्।
नेपाल राहत शिक्षक केन्द्रीय समितिले एक विज्ञप्ति जारी गर्दै विधेयकमा समावेश गर्न लागिएको ६०-४० कुनै पनि हालतमा मान्न नहुने चेतावनी दिएको हो ।
अध्यक्ष नविनसिंह धामी र महासचिव डम्मर राईले जारी गरेको विज्ञप्तिमा राहत शिक्षकहरूलाई शिक्षण पेसामा प्रवेश गराएको २० औँ वर्षसम्म पनि राज्यले बेवास्ता गरिरहेको बताएका हुन्।
सरकारले पटक पटक छलफल गरी मापदण्ड र प्रक्रिया अनुसार व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको भए पनि २० वर्षसम्म राहत शिक्षकहरूको अवस्था यथावत रहेको समितिको भनाइ छ । समितिले अबको अन्तिम चरणको सङ्घर्षको तयारी थालिएको समेत स्पष्ट पारेको छ।
नेपाल शिक्षक महासङ्घलाई समेत अपिल गर्दै राहत शिक्षकहरूको मुद्दालाई गम्भीरताका साथ उठाउन आग्रह गरिएको छ।
ताजा अपडेट
-
१.
नेपाली काँग्रेस पनि वामपन्थी विचार र शक्तिको संवाहक होः कमल थापा
-
२.
नीतिगत बहस आर्थिक वृद्धिमा सिमित हुँदा वितरण र पुनःवितरणको सवाल ओझेलमाः मुख्यसचिव अर्याल
-
३.
औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प
-
४.
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई
-
५.
मङ्गोलियामा अत्यधिक चिसोका कारण २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
-
४.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
५.
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
सिफारिस
सबैसम्बन्धित समाचार
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
काठमाडौं। कोरियाली सरकारले नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई प्राथमिकतामा राख्दै ठोस कदम अघि बढाएको छ। दक्षिण कोरिया सरकारले नेपाली...




