आइतवार, असार २९, २०८२
English
Follow us:

एसीसी मेन्स इस्ट जोन कप २०२५

मेलेसियाविरुद्ध नेपालको ९ विकेटको जित

मेलेसियाविरुद्ध नेपालको ९ विकेटको जित

  • खबर सेवा

  • बिहिबार, असार १९, २०८२

  • 59
    SHARES
मेलेसियाविरुद्ध नेपालको ९ विकेटको जित

काठमाडौँ। नेपाल एसीसी मेन्स इस्ट जोन कप २०२५ मा नेपाली टोलीले घरेलु टोली उपाधि नजिक पुगेको छ।

सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।

मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११।४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि ओपनर परिमार्जन यादवले ३५ बलमा ५ चौका र ५ छक्काको मद्दतमा नटआउट ५९ रन बनाए भने शिवान्स बजागाइँले २२ बलमा ५ चौका प्रहार गर्दै नटआउट २३ रन बनाए।

प्रसिद्ध जैशी भने २ रनमा आउट भएका थिए। त्यसअघि क्वालालम्पुरमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया ४३।१ ओभरमा ९० रनमा अलआउट भयो।

मलेसियाका लागि मुहमद फतुल मुहिनले ३८ रन बनाए। अन्तिम विकेटको रुपमा आउट हुनुअघि उनले ७१ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

अरु ब्याटर सस्तैमा आउट भए। बलिङमा नेपालका अभय यादवले ४ विकेट लिए। उनले १० ओभरमा १५ रन खर्चिए।

शुभम् खनालले ३ विकेट लिन सफल भए भने सचिन भट्ट र कप्तान विपिनप्रसाद शर्माको नाममा १(१ विकेट रह्यो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology