आइतवार, असार २९, २०८२
English
Follow us:

यू १६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपाललाई

यू १६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपाललाई

  • खबर सेवा

  • शनिबार, असार २१, २०८२

  • 16
    SHARES
यू १६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपाललाई

काठमाडौं। एसीसी यू १६ इस्ट जोन कप क्रिकेटको उपाधि अपराजित रहँदै नेपालले जितेका छ। शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।

फाइनलमा सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि जोय थापाले अविजित २४ रनको पारी खेले ।

त्यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०।५ ओभरमा ११३ रनमा अलआउट भएको थियो ।​ सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । उनले‌ ९० भन्दा धेरै बल खेलेका थिए । रिहान नाइकले १५ रन बनाए ।

नेपालका लागि अभय यादवले १० ओभरमा ३४ रन दिएर ३ विकेट लिए । त्यस्तै सुशिल बहादुर रावलले पनि ३ विकेट लिए । शुभम खनालले २ तथा कप्तान बिपिन प्रसाद शर्माले १ विकेट लिए ।

नेपाल यस प्रतियोगितामा अपराजित रहेर उपाधि जित्दा सिंगापुर समूह चरणमा पनि नेपालसँग पराजित भएको थियो ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology