सुनील पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोप लागेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचारको आरोपपत्र दर्ता गरेको छ।
२०७६/७६ मा केन्द्रका लागि ‘हाई कम्प्युट इन्फास्ट्रक्चर’सम्बन्धी उपकरण खरिद गर्दा करिब १६ करोड भ्रष्टाचार गरेको उनीहरूमाथि अख्तियारले आरोप लगाएको छ।
पौडेलसहित केन्द्रका ५ कर्मचारी, एकजना ठेकेदार र ठेकेदार कम्पनीविरुद्ध १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी आज शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
उनको अनुसार गुरुयोजनाबिनै मिलेमतोमा केन्द्रका पदाधिकारी तथा कर्मचारी र ठेकेदारले ३० करोड ९९ लाख ९९९ रुपैयाँ लागत अनुमान तयार पारी बोलपत्र आह्वान गरेका आरोपपत्रमा उल्लेख छ।
विसं २०७६ मा उक्त ठेक्का कान्तिपथस्थित वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालिलाई ३० करोड ६५ लाख ५५ हजार ७ सय ६३ रुपैयाँमा ठेक्का दिइएको थियो।
गुणस्तरहीन उपकरण महँगोमा खरिद सम्झौता गरी सुरुमा तोकिएका सर्तविपरीतका उपकरण खरिद गरेर सरकारी सम्पत्ति हानि नोक्सानी गरेका अख्तियारको दावी छ ।
अख्तियारले केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल र कम्प्युटर इन्जिनियर रामशरण गायकविरुद्ध एकमुष्ट बिगो कायम गरी बिगोबमोजिम कैद र जरिवानाको माग गरेको छ।
यस्तै ठेक्केदार कम्पनी वर्ल्ड डिस्ट्रिब्युसन प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठ र उनी सञ्चालक रहेको कम्पनीविरुद्ध पनि कायम भएको बिगोबमोजिम मुख्य कसुरदार सरह नै कैद र जरिवानाको दावी गरिएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
२.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
३.
नेपाली काँग्रेस विभाजित–आधिकारिकताको लडाईं निर्वाचन आयोगमाः संविधानविद् ज्ञवाली
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
सम्बन्धित समाचार
कति छ आज तरकारीको मूल्य?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका...
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर...
नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। आज नेप्से परिसूचक...
सुनको मूल्यमा फेरि रेकर्ड
काठमाडौं । सोमबार सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेको...




