टीकापुर घटनामा हत्याको बिल्ला भिरेको छु ; रेशम चौधरी
काठमाडौं। नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले टीकापुर घटनामा आफूलाई सबैभन्दा ठूलो हत्याराको बिल्ला भिराइएको गुनासो गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यकहरुको राष्ट्रिय भेलामा बोल्दै उनले आफूलाई अहिले पनि टिकापुर हत्याकाण्ड गरिस् भनेर गाली गर्ने गरेको बताए।
आफू टीकापुर घटनामा घटनास्थलमै नरहेको भएपनि सबैभन्दा ठूलो हत्याको बिल्ला भिराइएको भन्दै मान्छे मारेको स्वीकार गर्नेहरुलाई यत्तिकै छोडिएको जिकिर गरे।
‘म मेरो सामाजिक सञ्जालमा कहिले कहीँ हेर्छु, मार गाली गर्छन्,’ चौधरीले भने, ‘टीकापुर घटनामा सबैभन्दा ठूलो हत्याको बिल्ला भिरेको छु। मेरो परिवारको बच्चा मर्यो, बच्चाको हत्यारा भन्छन्। हामी मान्छे नमार्ने थारुहरू हत्यारा भयौँ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै मान्छे मारेको स्वीकार गर्नेहरुलाई केही नगरिएको टिप्पणी उनको छ। चौधरीले भने ‘मान्छे मार्नेहरू उनैसँग छन् फेरि। सँगसँगै छन् । उनले मार्यौँ पनि भन्छन्।’
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
जनताप्रतिको सेवाभावमा कमी हुँदैन : ओली
-
२.
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
-
३.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
-
४.
औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने
-
५.
विदेशी मुद्रा सञ्चिति नाघ्यो ३३ खर्ब, २१ महिनाको आयात धान्ने
सम्बन्धित समाचार
कालीकोटमा करेन्ट लागेर एकको मृत्यु
कालीकोट । कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–८ बाँखरकोटका ५० वर्षीया मन बरालको करेन्ट...
छ वर्ष कैद र २२ करोड जरिवाना तोकिएका श्रेष्ठ पक्राउ
काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक...
ग्लोबल बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना गर्ने
काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना...
बढ्यो सुनको भाउ
काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको...




