भुटानविरुद्ध नेपाली टोली बराबरीमा रोकियो
काठमाडौँ । एएफसी यू २० महिला एसियन कप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली भुटानविरुद्ध १(१ को बराबरी खेलेको छ ।
बुधबार राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न समूह ‘ए’को दोस्रो खेलमा नेपालले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेन। पछिल्लो दुई भेटमा भुटानको पोस्टमा १४ गोल गरेको नेपालले यसपाली कुनै पनि राम्रो आक्रमण बुन्न सकेन।
नेपालले अट्याकिङ मिडफिल्डर सेनु परियारको गोलमा खेल सुरु भएको ३८ सेकेन्ड्समै अग्रता लिएको थियो। अर्की अट्याकिङ मिडफिल्डर सुक्रिया मियाले लेफ्ट साइडबाट दिएको क्रसलाई बक्सभित्र विपक्षी रक्षकको निगरानीमा नरहेकी सेनुले सदुपयोग गरिन् । सेनुले बल नियन्त्रण गर्न दौडिएकी गोलकिपर पेमा याङ्जोमलाई बिट गर्दै सहज गोल गरेकी थिइन् ।
भुटानले १८औं मिनेटमा केल्देन वाङ्मोको गोलमा बराबरी गर्यो । केल्देनले नामसेल वाङजोमको पासलाई सदुपयोग गरिन् । नेपाली गोलकिपर लीला जोशीलाई बिट गर्नुअघि केल्देनले राइट ब्याक सिम्रन राईलाई छक्याएकी थिइन् ।
दोस्रो हाफमा भुटानले केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा नेपाल हार टार्न सफल रह्यो ।
बराबरीसँगै अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यु(२० एसियन कपको १२औं संस्करणमा छनोट हुने नेपालको लक्ष्यमा धक्का पुगेको छ । समूह ‘ए’मा भुटान र नेपालसँगै साउदी अरेबिया र तीन पटकको विश्वकप विजेता उत्तर कोरिया छन् । उत्तर कोरिया एसियन कप र फिफा विश्वकप दुवैको साविक विजेता हो ।
छनोट प्रतियोगितामा सहभागी ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । सिंगल राउन्ड रोविन पद्धतिको प्रतिस्पर्धापछि समूहको शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष थाइल्यान्डमा हुने यु–२० एसियन कपको १२औं संस्करणमा स्थान बनाउने सेटअप छ । समूह चरणपछि तीन उत्कृष्ट उपविजेता टोलीले पनि थाइल्यान्डको टिकट काट्ने भएकाले नेपालसँग तुलनात्मक रूपमा कमजोर मानिएको भुटानविरुद्ध तीन अंक हासिल गर्नुबाहेकको विकल्प थिएन ।
नेपालले अब दोस्रो खेलमा शुक्रबार साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । समूहको अन्तिम खेलमा आइतबार नेपाल र उत्तर कोरिया आमने–सामने हुनेछन् ।
ताजा अपडेट
-
१.
नीतिगत बहस आर्थिक वृद्धिमा सिमित हुँदा वितरण र पुनःवितरणको सवाल ओझेलमाः मुख्यसचिव अर्याल
-
२.
औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प
-
३.
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई
-
४.
मङ्गोलियामा अत्यधिक चिसोका कारण २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु
-
५.
भारतद्वारा रक्षा क्षमता अभिवृद्धिका लागि ३९.७ अर्ब अमेरिकी डलरको रक्षा प्रश्ताव स्वीकृत
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
-
४.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
५.
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
सिफारिस
सबैसम्बन्धित समाचार
‘नतिजामा एकरुपता र भावनात्मक स्थिरता आवश्यक छ’: पारस खड्का
मुलपानी र कीर्तिपुरको झल्को दिने गरी मुम्बईमा उर्लिएका हजारौँ नेपाली समर्थकहरूका बीच नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाली...
आईसीसी टी २० विश्वकप : ३ खेल हुँदै
काठमाडौँ। आईसीसी टी २० विश्वकपमा आज तीन खेल हुँदैछ। दुई खेल भारत र एक खेल श्रीलंकामा हुनेछ। पहिलो खेलमा...
जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हरायो
काठमाडौं। भारत र श्रीलंकामा जारी विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले पराजित गरेको छ। कोलम्बोमा भएको...
टी २० विश्वकप : भारत र श्रीलङ्काको सहज जित
काठमाडौं। टी- २० विश्वकपका दुई आयोजक देश भारत र श्रीलङ्काले बिहीबार आ-आफ्नो समूहको खेलमा सजिलो जित निकालेका छन्। यससँगै...




