मुख्य समाचार

उपन्यास ‘बखान’को विमोचन

काठमाडौँ। लेखक एवम् पत्रकार बसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’को विमोचन भएको छ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शनिबार एक कार्यक्रमकाबीच उपन्यास विमोचन गरे। उक्त उपन्यास कांग्रेस नेता एवम् पूर्वमन्त्री बखानसिंह गुरुङले प्रजातन्त्र स्थापनाका लागि गरेको संघर्षलाई समावेश गरेर लेखिएको छ। गुरुङ नेपालको सहकारी अभियन्तासमेत हुन्।

महामन्त्री शर्माले जनतालाई अधिकार स्थापित गर्न स्वर्गीय गुरुङले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले सहकारी समाजवादको आधारशिला भएको चर्चागर्दै देशमा रहेका ३४ हजार बढी सहकारीलाई नियमन गर्न जरूरी रहेकोमा जोड दिए। कार्यक्रममा कांग्रेस सहमहामन्त्री जीवन परियारले कांग्रेसले बखानसिंहलाई सहिद घोषणा गर्न लाग्नुपर्ने बताए।

पुस्तकका समीक्षक एवम् राजनीतिक विश्लेषक शंकर तिवारीले जागिर छाडेर सहिदको पक्षमा लागेका बखानसिंह निष्ठावान लोकतान्त्रिक व्यक्ति भएको उनको भनाइ थियो। अर्का समीक्षक एवम् मदन पुरस्कार विजेता अमर न्यौपानेले गुरुङ भाषामा लेखिएकाले यो सांस्कृतिक उपन्यास भएको बताए।

पुस्तकका लेखक पराजुलीले जनताको अधिकार स्थापित गर्न बखानसिंहले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै उनको सङ्घर्षलाई समेटेर उपन्यास प्रकाशन गरिएको जानकारी दिए।

सम्बन्धित समाचार

सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ: विनोद चौधरी

सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ: विनोद चौधरी

सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ: विनोद चौधरी प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पश्चिम नवलपरासीमा नेपाली कांग्रेस...

कमल थापाले विशालनगरमा खोले निर्बाचन समन्वय कार्यालय

कमल थापाले विशालनगरमा खोले निर्बाचन समन्वय कार्यालय

काठमाडौं । काठमाडौं -५ का राप्रपाका उम्मेदवार कमल थापाले निर्बाचन समन्वय कार्यालय खोल्नुभएको छ। आजबाट काठमाडौंको बिशालनगरमा निर्बाचन समन्वय...

सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याउन निर्देशन

सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याउन निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याउन महानगर...

सार्वजनिक सम्पती जलाउनेहरुलाई कारबाही हुनुपर्छः ओली

सार्वजनिक सम्पती जलाउनेहरुलाई कारबाही हुनुपर्छः ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पती जलाउनेहरुलाई कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ। बुधवार गृह...