मुख्य समाचार

बारामा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ। बारामा आइतबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा रौटहतको गुजरा नगरपालिका–७ परसवा बस्ने अन्दाजी २५ वर्षीय रोशन चौधरी र सप्तरी बसवलपुर नगरपालिका–७ बस्ने २८ वर्षीय महेश पण्डित छन्।

आइतबार दिउँसो जितपुर सिमरा उपमहानगरपालिका–२ पानीट्यांकी नजिकै सिमरादेखि पथलैयातर्फ जाँदै गरेको बा ९० प ६७९४ नम्बरको र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०६–००३ प १७५३ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

बा ९० प ६७९४ नम्बरको मोटरसाइकलका चालक रोशन थिए। त्यसको पछाडि रौतहट परासवा निवासी ३४ वर्षीय भूपेन्द्र चौधरी थिए। घाइते भूपेन्द्रको स्थानीय एक अस्पतालमा उपचार भइरहेको छ।

रोशनको प्रादेशिक अस्पताल कलैयामा र महेशको एल एस न्यूरो अस्पताल परवानीपुरमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...