दीपक बोहोराको उत्तराधिकारी छान्न राप्रपाले पनि गर्दैछ पार्टीभित्र चुनाव
काठमाडाैँ। आसन्न उपनिर्वाचनमा रूपन्देही ३ मा उम्मेद्वार छान्न राप्रपाले पनि आन्तरिक चुनाव गर्ने भएको छ। आकांक्षी बढि भएपछि राप्रपाले लोकप्रिय उम्मेद्वार छान्न चुनावको रणनीति लिएको हो।
पार्टी प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार नवीनत अभ्यासका लागि प्रजातान्त्रिक अभ्यास गर्ने भएको हो। जसका लागि पार्टीभित्र चुनाव हुनेछ। श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिअनुसार आज राप्रपाको संसदीय समितिको बैठक आज बसेको बैठकले निर्णय गरेको हो।
आन्तरिक प्रारम्भिक निर्वाचनका मतदाताहरुमा रुपन्देही-३ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, रुपन्देही-३ अन्तर्गतका प्रदेशसभा (क) र (ख) कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, रुपन्देही-३ अन्तर्गतका सबै उपमहानगर, नगर, गाऊॅपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, रुपन्देही-३ बाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, रुपन्देही-३ बाट प्रतिनिधित्व गर्ने जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, रुपन्देही जिल्ला क्षेत्र नं-३ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरु, २०८२ भदौ १७ गतेसम्म कायम रहेका रुपन्देही-३ भित्रका केन्द्रदेखि जिल्ला तहसम्मका भातृ संगठनका पदाधिकारी तथा सदस्यहरु, २०८२ भदौ १७ सम्ममा सक्रिय सदस्य भइसकेका रुपन्देही-३ अन्तर्गतका सक्रिय सदस्यहरु रहने छन्।
बाेहाेरा परिवारबाट दीपकका छाेरा गाैरव, प्रज्वल र नातिनी स्वाती थापा दाबेदार छन्। केन्द्रीय सदस्य बसन्त विक्रम शाही, जिल्ला अध्यक्ष सागरप्रताप राणा पनि आकांक्षी छन्। उनीहरूबाहेक पनि दाबेदार पनि उम्मेद्वार परिवारबाटै हुने सम्भावना छ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...




