यू २३ एसियन कप छनोटमा ताजकिस्तानसँग हार्यो नेपाल
काठमाडौँ। नेपाल एएफसी यू २३ एसियन कप छनोट प्रतियोगिता पराजित भएको छ। बुधबार दुशान्बेस्थित पामिर रंगशालामा सम्पन्न समूह ‘के’को आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली ताजकिस्तानसँग ४–० को पराजय बेहोर्यो।
ताजकिस्तानका लागि फरवार्ड अजिजबोएभ मुहम्मादालीले दुई तथा रक्षक रहमात्शोह रमात्जोदा र मिडफिल्डर देलर शारिपोभले समान एक गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता लिएको ताजकिस्तानले दोस्रो हाफमा तीन गोल थपेको हो ।
सुरुआती दुई गोल मिडफिल्डर आमादोनी कामोलोभको ‘असिस्ट’मा सम्भव भएका हुन् । निर्धारित हाफ सकिन ६ मिनेट बाँकी रहेको अवस्थामा मुहम्मादालीले टोलीलाई ‘ब्रेक थ्रु’ दिलाएका थिए।
करिब साढे चार हजार समर्थकको उपस्थिति रहेको खेलको ५८औं मिनेटमा पनि मुहम्मादालीले कामोलोभको अर्को कटब्याकलाई सदुपयोग गर्दै हेडमार्फत गोल गरे। अग्लो कदको फाइदा उठाएका मुहम्मादालीलाई राइट ब्याक राम थापाले निगारानीमा राखेका थिए। तर, राम यसमा सफल हुन सकेनन्।
निर्धारित समयको अन्तिम मिनेटमा मिडफिल्डर रुस्लान खइलोएभको ब्याकपासमा रमात्जोदाले पेनाल्टी बक्सको लाइनबाट अर्को गोल गरे।
वैकल्पिक खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका रमात्जोदाको राइट फुटेड शक्तिशाली प्रहारले पहिलो बारको जाली चुमेको थियो। थप गरिएको इन्जुरी समयमा अर्का वैकल्पिक खेलाडी शारिपोभले अग्रतालाई चार गोलमा पुर्याए।
फ्लडलाइटमा समस्या भएपछि निर्धारित समयको अन्त्यतिर खेल केही बेर रोकिएको थियो। जतिबेला नेपाल २ गोलले पछाडि थियो । खेल पुनः सुचारु भएपछि नेपालले आफ्नो नियन्त्रण र लय दुबै गुमाएको थियो । जसको फाइदा ताजकिस्तानका खेलाडीले लिए।
बुधबार सम्पन्न दिनको पहिलो खेलमा सिरियाले फिलिपिन्सलाई २–१ ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्यो।
नेपालले अब शनिबार आफ्नो दोस्रो खेलमा सिरियासँग प्रतिस्पर्धा गर्नेछ। सिरियासँग पराजित भए नेपालको एसियन कप पुग्ने चुनौती समाप्त हुनेछ। खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ।
ताजा अपडेट
-
१.
नीतिगत बहस आर्थिक वृद्धिमा सिमित हुँदा वितरण र पुनःवितरणको सवाल ओझेलमाः मुख्यसचिव अर्याल
-
२.
औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प
-
३.
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई
-
४.
मङ्गोलियामा अत्यधिक चिसोका कारण २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु
-
५.
भारतद्वारा रक्षा क्षमता अभिवृद्धिका लागि ३९.७ अर्ब अमेरिकी डलरको रक्षा प्रश्ताव स्वीकृत
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
-
४.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
५.
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
सिफारिस
सबैसम्बन्धित समाचार
‘नतिजामा एकरुपता र भावनात्मक स्थिरता आवश्यक छ’: पारस खड्का
मुलपानी र कीर्तिपुरको झल्को दिने गरी मुम्बईमा उर्लिएका हजारौँ नेपाली समर्थकहरूका बीच नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाली...
आईसीसी टी २० विश्वकप : ३ खेल हुँदै
काठमाडौँ। आईसीसी टी २० विश्वकपमा आज तीन खेल हुँदैछ। दुई खेल भारत र एक खेल श्रीलंकामा हुनेछ। पहिलो खेलमा...
जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हरायो
काठमाडौं। भारत र श्रीलंकामा जारी विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले पराजित गरेको छ। कोलम्बोमा भएको...
टी २० विश्वकप : भारत र श्रीलङ्काको सहज जित
काठमाडौं। टी- २० विश्वकपका दुई आयोजक देश भारत र श्रीलङ्काले बिहीबार आ-आफ्नो समूहको खेलमा सजिलो जित निकालेका छन्। यससँगै...




