शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

सेवा प्रबाहमा ढिलासुस्ति नगरौं: शिक्षामन्त्री पुन

सेवा प्रबाहमा ढिलासुस्ति नगरौं: शिक्षामन्त्री पुन

  • खबर सेवा

  • मङ्लबार, अशोज ७, २०८२

  • 144
    SHARES

काठमाडौ। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालयअन्तर्गतका विभागबाट सेवा प्रवाहमा भइरहेको ढिलासुस्ति अन्त्य गर्न निर्देशन दिनुभएको छ ।

सोमवार पदभार ग्रहण लगत्तै उहाँले सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै कर्मचारीहरुलाई यस्तो निर्देशन दिनुभएको हो । उहाँले आफूलाई बस्नका लागि क्वाटर नचाहिने भन्दै मन्त्रालयमै सुत्नेगरी खाटको व्यवस्था गर्न निर्देशन दिनुभयो । उहाँले मन्त्री नियुक्त हुनुअघि नै राष्ट्रिय आविष्कार केन्द्रबाट राजीनामा दिइसकेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शिक्षा मन्त्रालयको हरेक विभागबाट हुने काममा ढिलासुस्ति नगर्नुहोस् । शिक्षा मन्त्रालयमा ढिलासुस्ति गर्दा कस्तो समस्या हुन्छ भन्ने मैले भोगेको छु ।’

उहाँले आफूलाई सुरक्षा नचाहिने र औपचारिक कामको लागि मात्र सरकारी गाडीको प्रयोग गर्ने पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology