शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

बाढी पहिरोका कारण अबरुद्ध छन् यी सडक

बाढी पहिरोका कारण अबरुद्ध छन् यी सडक

  • खबर सेवा

  • आइतवार, अशोज १९, २०८२

  • 125
    SHARES
बाढी पहिरोका कारण अबरुद्ध छन् यी सडक
चितवनको इच्छाकामना गाउँपालिकास्थित पानीधाराको पहिरो हटाउँदै डोजर । पहिरोले दुबैतर्फी बन्द भएको सडक शनिबार दिउँसो २ः३० बाट खुलाउँदै । पहिरो खुलाएर सडकमा रोकिएका सवारी पास गराइए पनि पृथ्वी राजमार्गमा यात्रा गर्न भने सहज छैन । तस्बिरः शंकर श्रेष्ठ/रासस

काठमाडौं । बाढी पहिरोका कारण मुलुकका विभिन्न राजमार्गमा अवरुद्ध भएका छन् । पृथ्वी लोकमार्गको जवाङखोलामा पहिरो खस्दा यो लोकमार्ग पूर्णरूपमा बन्द भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार नारायणगढ-मुग्लिन सडक पनि पहिरोले प्रभावित भएको छ । यद्यपि यो बाटो एकतर्फी सञ्चालनमा छ । काभ्रेको बीपी र अरनिको राजमार्गमा दुवैतर्फी सवारीसाधन अनिश्चित समयका लागि होल्ड गरिएको छ ।

रसुवाको पासाङल्हामु सडक पनि अवरुद्ध भएको छ । सङ्खुवासभाको वरुणखोलास्थित कोशी राजमार्ग र खाँदबारीदेखि किमाथाङ्का तथा थुमसुर जाने कोशी राजमार्गमा पनि सवारीसाधन सञ्चालन भएका छैनन् ।

ओखलढुङ्गाको सिद्धीचरण लोकमार्ग, मकवानपुरको महालक्ष्मी खोलास्थित फाखेल-हुमाने-काठमाडौं सडक पनि अवरुद्ध भएको छ । कान्तिलोकपथ र कुलेखानी सिस्नेरी-दक्षिणकाली-काठमाडौं सडक बन्द छ । मदन भण्डारी राजमार्ग सिन्धुलीको सिन्दुरे दोभानमा अवरुद्ध छ ।

कोशी लोकमार्गअन्तर्गत साँघुरीगढी गाउँपालिकाको चनौटे र सिमसुवामा बाटो अवरुद्ध भएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology