शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

मलेसियासँग नेपाल पराजित

मलेसियासँग नेपाल पराजित

  • खबर सेवा

  • आइतवार, अशोज १९, २०८२

  • 122
    SHARES
मलेसियासँग नेपाल पराजित

काठमाडौं। मलेसियाविरुद्धको टी ट्वेन्टी अन्तरराष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल पराजित भएको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा मलेलियासँग नेपाली महिला राष्ट्रिय क्रिकेट टोली १३ रनले पराजित भएको हो । यो पराजयसँगै पाँच खेलको उक्त शृङ्खलामा मलेसियाले नेपालसँग २–१ को अग्रता बनाएको छ ।

यसअघि भएको पहिलो खेलमा नेपाल मलेसियासँग तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ।

मलेसियाले जितको लागि दिएको एक सय २१ रनको लक्ष्य पछ््याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै एक सय सात रनमा समेटियो । नेपालका लागि रुबी पोद्धारले सर्वाधिक ३१ रनको योगदान दिइन् ।

यसैगरी, कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् भने सम्झना खड्काले १८ रन बनाइन् । साथै कविता जोशी र कविता कुँवरले समान दुईदुई विकेट लिएका थिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology