शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

उदयपुरमा गाडी बग्दा एकको मृत्यु, २१ को उद्धार

उदयपुरमा गाडी बग्दा एकको मृत्यु, २१ को उद्धार

  • खबर सेवा

  • आइतवार, अशोज १९, २०८२

  • 153
    SHARES

उदयपुर। उदयपुरको बेलका नगरपालिका–४ स्थित लालबजार नजिकै अमन खोलाले हायस गाडी बगाउँदा एकजनाको मृत्यु भएको छ भने २१ जना सकुशल उद्धार भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति १२ बजे मोरङको विराटनगरबाट काठमाडौँ जाँदै गरेको बा ४ ख १६२८ नम्बरको हायस गाडी सिन्धुलीको भिमानबाट फर्किँदै गर्दा अमन खोलाको कजवेमा बाढीले बगाएको थियो।

गाडीमा सवार २२ जनामध्ये २१ जनालाई इलाका प्रहरी कार्यालय बेलका र जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले उद्धार गरेको थियो। बगाइएका एकजनाको खोजी क्रममा बिहान गिदेरी खोला नजिक शव फेला परेको हो।
मृतक मोरङको सुन्दरहरैचा नगरपालिका बस्ने ४० वर्षीया मञ्जु अधिकारी रहेको प्रहरीले जनाएको छ।

 

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology