काठमाडौं। काठमाडौं उपत्यकामा वर्षा हुन रोकिएसँगै जनजीवन सामान्य बन्दै गएको छ । आइतवार बिहानैदेखि वर्षा रोकिएसँगै काठमाडौं जनजीवन सामान्य बन्दै गएको हो ।

शुक्रवार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन कष्टकर बनेको थियो । आईतवारबाट मौसम उघ्रिएको छ । आज साँझबाट देशभरकै मौसम खुल्दै जाने मौसमविद्हरुले बताएका छन् ।
काठमाडौं उपत्यकाका नदीहरुमा पानीको बहाव केही कम भएपनि जोखिम अझै कायमै रहेको छ । वागमती, विष्णुमती लगायतका नदीहरुको मुहान क्षेत्रमा वर्षा भइरहेकाले पनि बाढीको जोखिम नघटेको विभागले बताएको छ ।
काठमाडौंको वागमती नदीमा अझै बाढी आइरहेको छ । शुक्रवार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन कष्टकर बनेको थियो । आइतवारबाट मौसम उघ्रिएको छ ।

अविरल वर्षाले उपत्यकाका विभिन्न सडकहरुमा हिलो र धुलो प्रशस्त देख्न सकिन्छ ।
आज साँझबाट देशभरकै मौसम खुल्दै जाने मौसमविद्हरुले बताएका छन् । नदीले बगाएर ल्याएका रुख, हाँगाबिँगाहरु पुलमा अड्किँदा पानी थुनिएको छ । नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीले नदीहरुबाट गेग्रान र बगाएर ल्याएका रुखहरु झिक्ने थुनिएको पानी खोल्ने काम गरिरहेको छ । -न्युज एजेन्सी नेपाल