शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

दाङमा मतदाता नामावली दर्ता गराउनेको भीड

दाङमा मतदाता नामावली दर्ता गराउनेको भीड

  • खबर सेवा

  • मङ्लबार, अशोज २१, २०८२

  • 74
    SHARES
दाङमा मतदाता नामावली दर्ता गराउनेको भीड

घोराही। सरकारले मतदातासम्बन्धी नयाँ नियम जारी गरेसँगै दाङमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड बढ्न थालेको छ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय, घोराहीका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार दसैँअघि दुई दिन र सोमबार पहिलो दिन गरी १ सय ३३ जना नयाँ मतदाता थपिएका छन्। यस्तै, १ सय ६३ जनाले अग्रिम फारम भरेर बायोमेट्रिक दर्ता गराउन बाँकी रहेको पनि उनले जानकारी दिए।

कुँवरका अनुसार पालिकास्तरमै मतदाता नामावली दर्ता बढाउन सकिए जिल्लामा उल्लेख्य संख्यामा नयाँ मतदाता थपिने अनुमान गरिएको छ।

२०७९ सालको निर्वाचनमा दाङमा ५४ हजार नयाँ मतदाता थपिएका थिए। सो वर्ष दाङ क्षेत्र नं. १ मा १ लाख ३४ हजार ७३३, क्षेत्र नं. २ मा १ लाख ३३ हजार ७४८ र क्षेत्र नं. ३ मा १ लाख ४६ हजार ४७५ मतदाता रहेका थिए। यसरी जिल्लामा कूल ४ लाख १४ हजार ९५६ मतदाता दर्ता भएका थिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology