शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

सुनको मुल्यमा नयाँ रेकर्ड, तोलामा २३ सय बढ्यो

सुनको मुल्यमा नयाँ रेकर्ड, तोलामा २३ सय बढ्यो

  • खबर सेवा

  • मङ्लबार, अशोज २१, २०८२

  • 110
    SHARES
सुनको मुल्यमा नयाँ रेकर्ड, तोलामा २३ सय बढ्यो

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँ मूल्य तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ३३ हजार १ सय रुपैयाँ थियो । दिनदिनै सुनको मूल्य बढ्दै जाँदा नयाँ रेकर्ड बनिरहेको छ ।

चाँदी अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । प्रतितोला २ हजार ९६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology