टक्सार (भोजपुर)। भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ बाट निर्मला राई (३९ वर्षीया) र उनको शिशुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ।
शिशु समय अगावै जन्मिएको र अक्सिजनसहित उपचार आवश्यक भएकाले दुवै जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
ओख्रे स्वास्थ्य चौकीमा शिशुको जन्म भएको थियो। सडक अवरुद्ध भएकाले तुरुन्त उद्धारका लागि सेनाको हवाई सुविधा प्रयोग गरिएको स्वास्थ्यकर्मी सङ्गीता राईले जानकारी दिनुभयो।