रसुवा। लाङ्टाङ क्षेत्रमा अलपत्र परेका १२ पदयात्रीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेका छन्।
पदयात्रामा रहेका भक्तपुरका १६ जनामध्ये चार जना बाढीमा बेपत्ता भएका थिए। उद्धार गरिएका पदयात्रीहरूलाई स्याफ्रुबेँसीमा ल्याएर सबैलाई काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।
पदयात्रीहरू मध्य भक्तपुरका संस्कृति श्रेष्ठ, किसन श्रेष्ठ, सङ्गीता श्रेष्ठ र रवि श्रेष्ठ अझै बेपत्ता रहेका छन्।