शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

बाढी-पहिरोले इलाममा मात्रै १६ वटा जलविद्युत आयोजनाको उत्पादन बन्द

बाढी-पहिरोले इलाममा मात्रै १६ वटा जलविद्युत आयोजनाको उत्पादन बन्द

  • खबर सेवा

  • मङ्लबार, अशोज २१, २०८२

  • 124
    SHARES
बाढी-पहिरोले इलाममा मात्रै १६ वटा जलविद्युत आयोजनाको उत्पादन बन्द

काठमाडौं। बाढीपहिरोले इलामका मात्रै १६ वटा जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले इलाममा मात्रै १६ वटा जलविद्युत आयोजनामा क्षति भएर उत्पादन बन्द भएको जानकारी दिनुभयो।

मंगलवार आयोजित पत्रकार सम्मेलनमा उहाँले यसपटक सबैभन्दा बढी पानी इलाममा परेको बताउनु भयो । उहाँकाअनुसार रामेछाप र पाचथरमा एकएक वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ । केही निमार्णाधिन विद्युत आयोजनामा पनि क्षति पुगेको उहाँले बताउनु भयो । उहाँकाअनुसार केही तटबन्द, सिंचाईका आयोजना, मेची राजमार्गका पुलहरुमा पनि क्षति पुगेको छ । क्षतिग्रस्त विपी हाईवे एक हप्ताभित्र सञ्चालनमा ल्याउनेगरी काम गरिरहेको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘केही जलविद्युत आयोजनाहरुमा पनि असर परेको छ । निजी क्षेत्रका आयोजनाहरु र निमार्णाधिन आयोजनाहरुमा क्षति भएको छ । ईलाममा बढी पानी परेको कारण इलाममा मात्रै १६ वटा जलविद्युत आयोजनामा क्षति भएर उत्पादन बन्द भएको छ । त्यसैगरि रामेछापमा एउटा र पाँचथरमा एउटामा क्षति भएको छ । केही निर्माणाधिन आयोजनाहरुमा पनि क्षति भएको छ । केही तटबन्दहरुमा पनि क्षति भएको छ । यीनीहरुको विस्तृत जानकारी आउन अलि समय लाग्छ । अहिलेसम्म आएको क्षति यति हो । केही सिंचाई आयोजनाहरुमा पनि क्षति पुगेको छ । बाढी र डुबानबाट अन्य संरचनाहरुमा पनि क्षति भएको छ ।’

बाढी पहिरोका कारण भएको क्षतिको विस्तृत विवरण आउन केही समय लाग्ने उहाँले बताउनु भयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology