काठमाडौं। जेन–जी समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं उजुरी गरेको छ। सो उजुरीलाई प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको छ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहितका नेताहरुलाई पक्राउ गर्न माग गर्दै परिसर पुगेको हो । मंगलवार अपरान्ह गुरुङ लगायतको जेन—जी समूहले माईतीघरमा पूर्वप्रधानमन्त्री ओलीसहित काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वगृहमन्त्री एवं काँग्रेस नेता रमेश लेखक, एमाले नेता महेश बस्नेत, पूर्वपरराष्ट्रमन्त्री एवं काँग्रेस नेतृ डा. आरजु राणा देउवाको ब्यानर टाँसेर उनीहरुलाई पनि पक्राउ गर्नुपर्ने मागसहित विरोध जनाएका छन् ।
जेन—जी आन्दोलनमा दमनकारी भुमिका निभाएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गर्न माग गर्दै जेन—जीले दबाब बढाइरहेका छन् ।