शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

सरकारसँग छलफलपछि आयोगले भन्यो- निर्वाचन समयमै गराउन इँट्टा थप भएको छ

सरकारसँग छलफलपछि आयोगले भन्यो- निर्वाचन समयमै गराउन इँट्टा थप भएको छ

  • खबर सेवा

  • मङ्लबार, अशोज २१, २०८२

  • 131
    SHARES
सरकारसँग छलफलपछि आयोगले भन्यो- निर्वाचन समयमै गराउन इँट्टा थप भएको छ

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि निर्वाचन आयोगले निर्वाचन समयमै गराउने कुरामा थप इँट्टा थपेको बताएको छ ।

मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा निर्वाचन आयोगका निर्वाचन आयुक्त र प्रधानमन्त्री कार्कीबीच छलफल भएको हो । अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसँगको छलफलमा निर्वाचनका लागि आवश्यक पर्ने जनशक्ति, श्रोत, साधन, आँकलन गरिरहेको र त्यसको एउटा प्रक्षेपण गरेर श्रोत साधनको लागि सरकारसँग आयोगको तर्फबाट अवगत गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनु भयो ।

उहाँले सरकारको तर्फबाट आयोगलाई सबै श्रोत, साधन उपलब्ध गराउने प्रतिवद्धता भएको बताउनु भयो । आगामी दिनमा निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरुसँगको छलफल, समन्वय, सहकार्यलाई थप सघन बनाउने, हरेक नागरिकलाई निर्वाचन अभियानसँग जोड्ने गरी अघि बढ्ने समझदारी भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचनका लागि आवश्यक पर्ने जनशक्ति, श्रोत, साधन, आँकलन गरिरहेको र त्यसको एउटा प्रक्षेपण गरेर श्रोत साधनको लागि सरकारसँग आग्रह गर्ने, अनुरोध गर्ने कुराहरु भएको छ । सरकारको तर्फबाट आयोगलाई ति सबै श्रोत, साधन उपलब्ध गराउने कुरा प्रतिवद्धता आएको छ । आजको बैठकले निर्वाचन सफल गराउने विषयमा थप इँट्टा थपेको छ । थप वातावरण बनाएको छ । आगामी दिनमा निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरुसँगको छलफल, समन्वय, सहकार्यलाई थप सघन बनाउने, हरेक नागरिकलाई निर्वाचन अभियानसँग जोड्ने गरी अघि बढ्ने समझदारी भएको छ ।’

उहाँले सरकार र निर्वाचन आयोगको तर्फबाट राजनीतिक दलहरुसँग छलफल अघि बढाइने बताउनु भयो


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology