शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

जेनजी आन्दोलनमा भागेका साढे ६ हजार कैदीबन्दीको विवरण सार्वजनिक, ५४० भारतीय फरार

जेनजी आन्दोलनमा भागेका साढे ६ हजार कैदीबन्दीको विवरण सार्वजनिक, ५४० भारतीय फरार

  • खबर सेवा

  • सोमवार, अशोज २७, २०८२

  • 118
    SHARES
जेनजी आन्दोलनमा भागेका साढे ६ हजार कैदीबन्दीको विवरण सार्वजनिक, ५४० भारतीय फरार

काठमाडौं। कारागार व्यवस्थापन विभागले जेनजी आन्दोलनका क्रममा भागेका र हालसम्म पनि नफर्किएका कैदीबन्दीको विवरण सार्वजनिक गरेको छ।
नेपाली ५ हजार ८६८, भारतीय नागरिक ५४० र अन्य विभिन्न देशका १०८ जना कैदीबन्दी फरार छन्। उनीहरूको विवरण आइतबार कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको हो।

भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो। आन्दोलनको क्रममा देशका अधिकांश कारागारबाट कैदी भागेका थिए। कैदीबन्दीको विवरण विभागले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पठाएको छ।

थप जानकारीका लागि तलको लिंकमा जान सक्नुहुन्छ ।
https://dopm.gov.np/content/89/acceleration-of-absconding-prisoner/

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology