काठमाडौं। परराष्ट्र मन्त्रालयले हमासले कब्जामा लिएर गएका नेपालका विपिन जोशीको अवस्था अज्ञात रहेको बताएको छ।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले आज रिहा हुनेको सूचीमा विपिनको नाम रहने अपेक्षा गरिएको भए पनि इजरायली सेनाले रिहा हुने बन्दीहरुमा विपिनको नाम समावेश नभएको र उनको अवस्था अज्ञात रहेको जानकारी दिएको उल्लेख गरेको छ।
‘आज बिहान इजरायलको स्थानीय समय अनुसार ७ः३० बजे इजरायली सेनाले इजरायलका लागि नेपाली राजदूत, निज विपिन जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी सहितको भर्चुअल बैठक आयोजना गरी आज रिहा हुने बन्दीहरुमा निज विपिन जोशीको नाम समावेश नभएको र उनको अवस्था अज्ञात रहेको जानकारी प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ।