शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

अर्थमन्त्री खनाल र विश्व बैंक समूहका उपाध्यक्षबीच भेटवार्ता

अर्थमन्त्री खनाल र विश्व बैंक समूहका उपाध्यक्षबीच भेटवार्ता

  • खबर सेवा

  • मङ्लबार, अशोज २८, २०८२

  • 70
    SHARES
अर्थमन्त्री खनाल र विश्व बैंक समूहका उपाध्यक्षबीच भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटबीच सोमबार अमेरिकामा भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा विश्वबैंकको सहयोगमा सञ्चालित कार्यक्रमका विषयमा छलफलका साथै आगामी दिनमा हुनसक्ने सहकार्य र साझेदारीको विषयमा कुराकानी भएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ।

भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरु, मन्त्री खनालका भ्रमणदलका सदस्य, विश्व बैंकको विभिन्न परियोजनाका कर्मचारीकोसमेत सहभागिता थिए।

विश्वबैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री खनाल आइतबार वासिङ्टन डिसी पुग्नुभएको छ। रासस

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology