शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

एएफसी एसियन कप छनोट

भियतनामसँग भिड्दै नेपाली फुटबल टोली

भियतनामसँग भिड्दै नेपाली फुटबल टोली

  • खबर सेवा

  • मङ्लबार, अशोज २८, २०८२

  • 78
    SHARES
भियतनामसँग भिड्दै नेपाली फुटबल टोली

काठमाडौँ।  एएफसी एसियन कप छनोट खेलमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्दैछ।

समूह एफमा रहेको नेपालले होम एण्ड अवे अन्तर्गतको खेल भियतनामको घरेलु मैदानमै खेल्न लागेको हो। दशरथ रंगशाला अयोग्य भएपछि नेपालले होम म्याच पनि आफ्नो मैदानमा खेल्न पाएको छैन।

खेल होचि मिन्हस्थित गो डाउ स्टेडियममा साँझ सवा ६ बजे सुरु हुनेछ। पहिलो खेलमा घरेलु टोलीसँग ३–१ गोलले पराजित भएको नेपाल दबाबमा छ।

नेपाल यसअघि मलेसिया र लाओससँगसमेत पराजित भइसकेको छ। आफ्ना तीनमध्ये सबै खेलमा हार व्यहोरेको नेपाल ४ टोली सम्मिलित समूहको अन्तिम स्थानमा छ।

यसैबीच रोहित चन्दले आज नेपालका लागि एक सयौँ अन्तर्राष्ट्रिय खेल खेल्दैछन्। लामो समयदेखि राष्ट्रिय टोलीको प्रमुख खेलाडीका रुपमा रहेका उनी विभिन्न विदेशी क्बलमा आबद्धसमेत छन्। देशका लागि रोहितले पूरा गर्न लागेको एक सयौँ खेलले नेपाली टोली उत्साहित छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology