शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

हमासले हस्तान्तरण गर्‍यो विपिन जोशीको शव

हमासले हस्तान्तरण गर्‍यो विपिन जोशीको शव

  • खबर सेवा

  • मङ्लबार, अशोज २८, २०८२

  • 104
    SHARES
हमासले हस्तान्तरण गर्‍यो विपिन जोशीको शव

काठमाडौँ। प्यालेस्टिनी अतिवादी समूह हमासले विपिन जोशीको शव इसराइललाई हस्तान्तरण गरेको छ। सोमबार अबेर हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इसराइललाई हस्तान्तरण गरेको हो।

इसराइली सेना (आइडिएफ) ले सोमबार साँझ रेडक्रसमार्फत शवका चार वटा बाकस प्राप्त भएको पुष्टि गरेको इसराइली अनलाइन टाइम्स अफ इसराइलले जनाएको छ।

उक्त बाकसमा विपिन, गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव रहेको भनेर पनि टाइम्स अफ इसराइलले समाचारमा लेखेको छ।

बन्धकहरु छाड्ने दिनसम्म विपिन जोशीको स्थिति अज्ञात भनिएको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology