काठमाडौँ। कोशी राजमार्ग दुई स्थानमा पूर्णरुपमा अवरुद्ध बनेको छ। नेपाल प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भेटखोला गाउँपालिका ४ वरुण र मकालु गाउँपालिका ३ एकुवामा राजमार्ग बन्द भएको हो।
मेची राजमार्गको इलाम नगरपालिका ९ स्थित राजदूवालीलगायतका स्थानहरूमा वैकल्पिक मार्गबाट साना सवारी मात्र आवागमन हुनसक्ने प्रहरीले जनाएको छ।
काभ्रेपलान्चोकको रोशीमा पनि पहिरोका कारण हाल बीपी राजमार्ग एकतर्फी सुचारु रहेको छ।