शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु

  • खबर सेवा

  • मङ्लबार, अशोज २८, २०८२

  • 120
    SHARES
तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु
प्रतिकात्मक तस्बिर

काठमाडौँ । गएराति काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका–८ घर भई काठमाडौँको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology