गाजामा युद्धविरामको सान्त्वना र नेपाललाई असह्य शोक
काठमाडौं। इजरायल र हमास युद्धविरामको खबरले गाजा र संसारभरका मानिसलाई सास फेर्ने मौका दियो।हमासले बन्दक बनाएका मध्ये २० जनाको जीवित र २८ को शव जनाको शव हस्तान्तरण गर्यो।
हमासले अन्तिमसम्म बन्धक भनिरहेका ४८ जनामा नेपाली युवा विपिन जोशी थिए।तर, उनको अवस्था के छ अन्तिमसम्म पनि जानकारी भएन। ४८ मध्य २६ मृतक र २० जना जीवितको विवरण आउँदा विपिन र एक इजरायलीको अवस्था अज्ञात नै भनियो।तर, अन्तिममा उनी पनि यो संसारमा छैनन् भन्ने खबर आउँदा उनको परिवार र नेपाललाई गहिरो पीडा दियो।
उनी जीवित रहने आशमा उनको परिवार देश तथा विदेशका विभिन्न फोरमहरु गुहार्यो।नेपाल सरकारले पनि कुटनीतिक पहल गरिरहयो।तर, अन्तिममा खबर आयो कि विपिनलाई त २०२३ मै मारिएको रहेछ। जसले नेपालको कुटनीतिक पहल र क्षमता कमजोर सावित भयो।
दुई वर्षको प्रतीक्षापछिको सन्नाटा
२०२३ को अक्टोबर ७ —त्यो दिन, जब हमासले इजरायलमाथि आक्रमण गर्दा करिब १२०० भन्दा बढी को ज्यान लियो र २५१ जना मानिसहरूलाई बन्धक बनाएर गाजातर्फ लगियो। तीमध्ये एक थिए नेपालका विपिन जोशी —सुदूरपश्चिम विश्वविद्यालयका कृषि विद्यार्थी, ‘Earn and Learn’ कार्यक्रममा सहभागी। उनी पढाइसँगै नयाँ अनुभव र भविष्यका सपना बोकेर इजरायल पुगेका थिए।
सो घटनामा १० जना नेपाली विद्यार्थी त्यही दिन हमासको आक्रमणमा ज्यान गुमाए भने विपिनलाई हमासले बन्धक बनायो। दुई वर्षसम्म उनी कहिले रिहा हुने, जीवित छन् कि छैनन् यस्ता प्रश्नले उनका परिवारका हरेक पललाई पिडादायी बनायो।
२८ थाई नागरिकको जिवित उद्धार
विपिनसँगै ३१ जना थाई नागरिकहरू हमासद्वारा बन्धक बनाइएका थिए। जसमध्ये:
• नोभेम्बर २०२३ — युद्धविरामको बेला २३ जना थाई नागरिकहरूलाई हमासले रिहा गर्यो।
• ३० जनवरी २०२५ — थप ५ जना थाई बन्धकहरू रिहा गरिए, जसमा पोंगसाक थेन्ना, सथियान सुवन्नाखाम, वाटचरा स्रिआउन, बान्नावत सेथाओ, र सुरासाक लामनाउ रहेका थिए।
• जुन २०२५ — अन्तिम थाई बन्धक नत्तापोंग पिन्ताको शव गाजाको राफाह क्षेत्रबाट इस्रायली सेनाले फेला पार्यो। अन्ततः, ३१ जना थाई नागरिकहरूमध्ये २८ जना मुक्त भए, २ जनाको मृत्यु पुष्टि भयो।
यो तथ्यांकले थाई सरकारको सक्रिय र व्यवस्थित कूटनीतिक प्रयास स्पष्ट देखाउँछ, जसले आफ्ना नागरिकलाई सुरक्षित उद्धारमा प्राथमिकता दिन सक्यो। विपरीत, नेपालले विपिन जोशीको रिहाइमा समान सफलता हासिल गर्न सकेन — र केवल एक जना नागरिकको जीवन र उद्धारमा असमर्थ रह्यो।
एउटा टेलिफोनको सन्नाटा
सोमबार बिहान इजरायलको सेनाबाट आएको फोनले जोशी परिवारको दुई वर्ष लामो प्रतीक्षाको अन्त्य गर्यो-तर त्यो अन्त्य आशाको होइन, बिछोडको थियो।
नेपालका लागि इजरायली राजदूत धनप्रसाद पण्डितका अनुसार, इजरायली सेनाले भिडियो कलमार्फत जोशी परिवारलाई खबर गर्यो कि हमासले उपलब्ध गराएको जीवित बन्धकको सूचीमा विपिनको नाम छैन। साँझमा उनको शव फेला परेको पुष्टि भयो।
हमासले दाबी गरेको छ — इजरायली हवाई आक्रमणका क्रममा विपिनको मृत्यु भएको। उनको शव अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरिएको छ।
जसले साथीको ज्यान जोगाए…
हमासको पहिलो आक्रमणका बेला विपिनले आफैंले हातले ग्रिनेड समातेर बंकरबाहिर फालेर साथीहरूको ज्यान जोगाएका थिए। गम्भीर परिस्थितिमा पनि उनले उद्धारको प्रयास जारी राखेका थिए। उनका साथी हिमाञ्चल कट्टेलका शब्दमा, “विपिनले सबैलाई बचाउने प्रयास गरे। पछि उनीहरू हमासका लडाकुहरूको हातमा परे, हामी मात्र बच्यौ ।”
नेपालको कमजोर कूटनीतिक
नेपाल सरकारले विपिनको रिहाइका लागि दुई वर्षसम्म विभिन्न तहमा प्रयास गरेको दाबी गरेको छ। तर, सत्य यो हो — थाई सरकारले आफ्ना २८ जना बन्धक नागरिकहरूलाई सुरक्षित उद्धार गर्न सक्यो, नेपाल भने एकजना बन्दक नागरिकलाई पनि फर्काउन सकेन।
यो केवल एक कूटनीतिक असफलता मात्र होइन, नेपाली नागरिकको सुरक्षाप्रति राज्यको कमजोरीको स्पष्ट प्रमाण हो।
आमाको र बहिनीको आँसु, देशको मौनताविपिनकी आमा पद्मा र बहिनी पुष्पा अहिले अमेरिकामा छन्। उनीहरूले संयुक्त राष्ट्रसंघका अधिकारीदेखि इजरायली प्रधानमन्त्रीसम्म भेटे, र्यालीमा भाग लिए, मिडियामा बोलिन् — तर त्यो आवाज विश्वको राजनीतिक शोरबीच हरायो।
त्यो आवाज अझै गुञ्जिरहेछ — “मेरो छोरा फर्काइदिनुहोस्।” तर आज त्यो आवाज मौन छ, र दुःख अझै गहिरो छ।
मानवीय मूल्यको मापन
गाजा युद्धविरामले विश्वलाई राहत दिएको छ, तर विपिन जोशीको परिवारका लागि यो युद्धविराम अन्तिम आघात बनेको छ। जब संसारले सास फेर्यो, एक नेपाली विद्यार्थीको परिवारले गला अबरुद्ध भयो।
विपिनको कथा केवल व्यक्तिगत त्रासदी मात्र होइन, यो अन्तर्राष्ट्रिय सम्बन्ध, युद्धको क्रूरता र सानो देशका नागरिकहरूको असुरक्षाको जीवित सन्देश हो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
काठमाडौँमा बढ्यो चिसो
काठमाडौँ( काठमाडौँ उपत्यकाको तापक्रम आज घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३।०...
अपराध रहित समाज निर्माणमा नागरिकको सहकार्य आवश्यक: महानिरीक्षक कार्की
काठमाडौं। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्न एवम् अपराध रहित समाज निर्माणमा प्रहरीको...
मेरो गोरुको बाह्रै टक्का नगरौँ, पार्टी बताऊ : रामहरि खतिवडा
काठमाडौँ। नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीलाई विभाजन गर्ने दिशामा कोही पनि जान नहुने बताउनुभएको छ। सोमवार सञ्चारकर्मीसँग कुरा...
आचारसंहितालाई कडाइका साथ पालना हुन्छ, नभए कारबाही पनि हुन्छ : निर्वाचन आयोग
काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले सजायमुखी निर्वाचन आचारसंहिता जारी गरेकाले कार्यान्वयनमा शून्य सहनशीलता अपनाइने बताउनुभएको...





