काठमाडौं। लेखक सुविन भट्टराईको सातौँ कृति ‘चमेलीको फूल बैजनी रूमाल’ सार्वजनिक भएको छ । लेखक भट्टराई र भरतपुर चितवन निवासी पाठक रश्मीला थापाको हातबाट किताबको विमोचन भएको हो।
फाइन प्रिन्टले प्रकाशन गरेको भट्टराईको यो सातौँ किताब हो । किताबमा सातवटा कथा रहेको भट्टराईले जानकारी दिनुभयो।
उहाँले कुनै दिन यी कथामा आधारित सिनेमा बनाउने समेत घोषणा गर्नुभएको छ। यसअघि उनका कथाकी पात्र, समर लभ, साया, इजिरोया, मनसुन ,प्रिय सुफी किताब प्रकाशित छन् । भट्टराई १५ वर्षदेखि नेपाली साहित्यमा सक्रिय हुनुहुन्छ।