शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

सरकारको प्रमुख प्राथमिकता निर्वाचन सम्पन्न गराउनु होः प्रधानमन्त्री कार्की

सरकारको प्रमुख प्राथमिकता निर्वाचन सम्पन्न गराउनु होः प्रधानमन्त्री कार्की

  • खबर सेवा

  • शुक्रबार, अशोज ३१, २०८२

  • 153
    SHARES
सरकारको प्रमुख प्राथमिकता निर्वाचन सम्पन्न गराउनु होः प्रधानमन्त्री कार्की

काठमाडौं। प्रधानमन्त्री सुशील कार्कीले वर्तमान सरकारको प्रमुख प्राथमिकता तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु रहेको बताउनुभएको छ ।

शुक्रबार अपरान्ह सिंहदरवारमा नेपालस्थित विभिन्न देशका राजदुत तथा कुटनीतिक नियोग प्रमुखहरुसँग पहिलो पटक सामुहिक भेटगरी उहाँले आफू नेतृत्वको अन्तरिम सरकारको कामको प्राथमिकताबारे ब्रिफिङ गर्नुभएको हो । परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालिरहनुभएकी प्रधानमन्त्री कार्कीले नेपालको विदेश सम्बन्ध र त्यसका नीतिका बारेमा पनि आफ्नो धारणा राख्नुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचनमा सहयोगको अपेक्षा गरिएको पनि बताउनु भएको थियो । उहाँले निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षक परिचालन र विदेशमा रहेका सबै नेपालीहरुलाई पनि मतदानमा सहभागी गराउने विषयमा पनि छलफल भइरहेको बताउनुभएको थियो ।

फागुन २१ गतेको निर्वाचनमा विदेशमा रहेका सबै नेपाली नागरिकलाई मतदानमा भाग लिन लगाउने विषयमा पनि आफूले छलफल गरिरहेको कुरा पनि प्रधानमन्त्री कार्कीले राजदुतहरुसँग गर्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘यो डिभ्लोम्याटिक ब्रिफिङ कार्यक्रम हो । यसमा मूलत उहाँले यो सरकारको प्रमुख प्राथमिकता भनेको चुनाव हो । र चुनावको साथसाथै अन्य प्राथमिकताहरु सरकारले तया गरेको छ । त्यसको बारेमा जानकारी गराउनु भयो । अर्को कुरा विदेश सम्बन्ध र परराष्ट्र नीतिका विषयमा पनि उहाँले केही जानकारी गराउनु भयो । र यो पहिलो ब्रिफिङ हो । एक किसिमले परराष्ट्रमन्त्रीको हैसियतले उहाँले यो ब्रिफिङ गर्नुभएको हो,’ प्रवक्ता क्षेत्रीले भन्नुभयो।

प्रधानमन्त्री कार्कीसँगको भेटमा नेपालस्थित विभिन्न देशका राजदुत र कुटनीतिक नियोगका प्रतिनिधिहरु सहभागी भएका थिए । —न्युज एजेन्सी नेपाल


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology