काठमाडौं। अभिनेता निश्चल बस्नेतले आफूले जेनजी आन्दोलनका क्रममा ढुंगा हानेको आरोपको खण्डन गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार एक स्टाटस लेख्दै आफूविरुद्ध भ्रमपूर्ण प्रचार भएको दाबी गर्नुभएको हो।
बस्नेतले लेख्नुभएको छ, ‘मैले कतैपनी ढुंगा हानेको, आगजनी गरेको प्रमाणीत गर्नुस, मलाई जे सजाय दिएपनि भोग्न तयार छु। प्रमाण खोज्दा म ढुंगा हान्दै थिए कि रोक्दै थिएँ, स्पष्ट हुन्छ, त्यसैले कृपया ममाथि छानबिन गर्न आग्रह गर्दछु।’
उहाँले आन्दोलनमा गएको र भ्रष्टाचारविरुद्ध आवाज उठाएको कुरा स्वीकार गर्दै भन्नुभएको छ, ‘म आन्दोलनमा गएको हो। भ्रष्टाचारको विरोध गरेको हो। मसँग फोटो र भिडियो खिच्न दाजुभाइ दिदीबहिनी आएका हुन्।