शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

नितु पौडेल आत्मदाह प्रकरण : बाबुल गिरी पक्राउ

नितु पौडेल आत्मदाह प्रकरण : बाबुल गिरी पक्राउ

  • खबर सेवा

  • शुक्रबार, कार्तिक ७, २०८२

  • 116
    SHARES
नितु पौडेल आत्मदाह प्रकरण : बाबुल गिरी पक्राउ

काठमाडौं। गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरीलाई प्रहरीले पक्राउ गरेको छ।

आत्महत्या दुरूत्साहन मुद्दामा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिनुभयो।

नितुको उपचार क्रममा मृत्यु भएपछि उनको परिवारले स्टुडियो सञ्चालक बाबुल गिरीविरूद्ध जाहेरी दिएको थियो।

नितुले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आफैमाथि आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन्। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा रहेकी उनको मृत्यु भएको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology