शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

जुम्लामा करिब एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध

जुम्लामा करिब एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध

  • खबर सेवा

  • सोमवार, कार्तिक १०, २०८२

  • 90
    SHARES
जुम्लामा करिब एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध

जुम्लामा करिब एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध
रासस
जुम्ला। जिल्लामा करिब एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन्। हालसम्म स्वास्थ्य बीमा लागू भएदेखि एक लाख ४७३ जना नागरिकले स्वास्थ्य बीमामा नाम दर्ता गराएका छन्।
जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड कार्यालयका प्रमुख प्रेम भण्डारीका अनुसार बीमामा आबद्धमा ज्येष्ठ नागरिक ३,७२६, अति अशक्त अपाङ्ग ८७ र महिला स्वास्थ्य स्वयंसेविका २८८ जना रहेका छन्। “जिल्लाका १३ हजार बढी घरपरिवार बीमामा आबद्ध छन्। विसं २०७४ देखि जिल्लामा स्वास्थ्य बीमाको सेवा विस्तार भएको हो,” उहाँले बताउनुभयो।

भण्डारीका अनुसार बीमाको महत्वबारे जानकारी नहुँदा स्थानीयहरूलाई पहिले स्वास्थ्य बीमामा ध्यान थिएन। अहिले बीमा सहजकर्ताहरू घरदैलोमा गई नागरिकलाई बीमाबारे जानकारी दिएको कारण बीमामा आबद्ध हुनेहरूको संख्या बढेको छ।
सरकारले अपाङ्गता भएका, अशक्त, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, ज्येष्ठ नागरिक र अतिगरिब परिवारलाई निःशुल्क बीमा गरिरहेको छ भने अन्य नागरिकलाई शुल्क लिएर रु एक लाख बराबरको बीमा गरिन्छ।

स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन प्रत्येक वडामा रहेका दर्ता सहयोगीलाई घरदैलोमा पठाएर नागरिकलाई सहभागी गराउने अभियान पनि अघि बढाइरहेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology