गण्डकी। प्रकाशन संस्था फाइनप्रिन्टद्वारा आयोजना गरिएको घुम्ती साहित्य उत्सव ‘फाइनप्रिन्ट फिभर’ बुधबार पोखरामा हुँदैछ। एकदिने कार्यक्रममा लेखक, कलाकार र पाठकबीच प्रत्यक्ष संवादको अवसर हुनेछ।
स्थानीय आयोजक ¥यान्डम रिडर्स सोसाइटीका अनुसार महानायक राजेश हमाल, लेखक सुविन भट्टराई र डा नवराज केसी यस कार्यक्रममा सहभागी हुनेछन्। हमालको पुस्तक ‘युगदेखि युगसम्म’, भट्टराईको ‘चमेलीको फूल, बैजनी रुमाल’ र डा केसीको ‘स्वस्पर्श’ सम्बन्धमा विभिन्न सत्रमा छलफल गरिनेछ।
अपराह्न २ः०० बजे न्यूरोडको सिटी स्क्वायर ब्याङ्क्वेटमा सुरु हुने कार्यक्रम साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा लेखकसँग पुस्तक हस्ताक्षरको पनि अवसर रहनेछ। प्रवेश निःशुल्क रहेको आयोजकले जनाएको छ।