शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले किरिया पुत्री भवनको शिलान्यास

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले किरिया पुत्री भवनको शिलान्यास

  • खबर सेवा

  • सोमवार, कार्तिक १७, २०८२

  • 98
    SHARES
प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले किरिया पुत्री भवनको शिलान्यास

काठमाडौँ । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी कार्यक्रम अन्तर्गत निर्माण हुने किरिया पुत्री भवनको शिलान्यास गर्नुभएको छ।

शिलान्यास समारोहमा प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीका बहालवाला तथा अवकाश प्राप्त कर्मचारीहरूलाई सहजता प्रदान गर्न भवन निर्माण गरिएको बताउनुभएको थियो। उहाँले आगामी दिनमा भवन निर्माणसँगै भवनबाट प्रवाह हुने सेवाहरूलाई थप परिष्कृत र गुणस्तरीय बनाउनेमा जोड दिनुभयो।

यस अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी कल्याण महाशाखाका प्रहरी नायव उपरीक्षक बुद्धि सागर पुरीले भवन निर्माणको उद्देश्यबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित महानुभावहरू तथा प्रहरी जवानहरू उपस्थित थिए।

नेपाल प्रहरीका बहालवाला र अवकाश प्राप्त कर्मचारीहरूको दुखद निधन हुँदा आशौच गर्ने संस्कार (किरिया पुत्री) को लागि काठमाडौं महानगरपालिका–३, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको नाममा रहेको जग्गामा भवन निर्माण गर्ने निर्णय गत भदौ १९ गते बसेको नीति निर्माण समितिको बैठकले गरेको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology