काठमाडौं। ‘ए’ डिभिजन लिग यस वर्ष नहुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबहरूले संयुक्त बैठकले सोमबार लिग नगर्ने निष्कर्ष निकालेका हुन्। अब लिग २०८३, पुस ३ गतेदेखि हुने भएको छ।
बैठकले लिगको सम्पूर्ण तयारी मंसिरभित्रै पूरा गर्ने र प्रतियोगिता पुस ३ गतेदेख सञ्चालन गर्ने निर्णय गरेको छ।