शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

ठुलो आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा

ठुलो आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा

  • खबर सेवा

  • सोमवार, कार्तिक १७, २०८२

  • 24
    SHARES

रामपुर । इलाका प्रहरी कार्यालय, रामपुरले ठुलो आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिएको छ । स्वरुप परिवर्तन गरी ठुलो आवाज आउने साइलेन्सर राखिएका मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

अस्थाई ट्राफिक प्रहरी पोष्ट रामपुरसँगको समन्वयमा अभियान सञ्चालन गरी पछिल्लो एक हप्ताको अवधिमा सातवटा मोटरसाइकल नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । चर्को आवाजले ध्वनि प्रदूषणसँगै बजार क्षेत्रका सर्वसाधारणलाई आतङ्कित बनाएको गुनासो आएपछि स्वरुप परिवर्तन गरिएका मोटरसाइकल नियन्त्रण लिइएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक लालबहादुर सुनारले बताउनुभयो ।

रामपुरको बजार क्षेत्रसहित आसपास स्थानमा स्वरुप परिवर्तन गरी चर्को आवाज आउने धेरै बाइकहरु रहेको गुनासो आएको बताउँदै आवश्यक प्रक्रिया पूरा गरी कानुनी कार्वाही गरिने उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, “स्थानीयको गुनासो आएसँगै सात वटा मोटरसाइकल नियन्त्रणमा लिएका छौं । ध्वनि प्रदुषण गर्नेगरी अन्य स्थानमा पनि धेरै मोटरसाइकलहरु सञ्चालनमा रहेको जानकारी आएको छ । क्रमशः नियन्त्रणमा लिएर कार्वाही गर्नेछौं ।”

नियन्त्रणमा लिएका मोटरसाइकल पटक पटक सोही कुसुरमा कार्वाही भएको रहेछ भने सिधै यातायात व्यवस्था कार्यालयमा कार्वाहीका लागि पठाइने र पहिलो पटक हो भने मोडिफाई गरिएका सामग्री निकालेर मापदण्डअनुसार पहिलेकै स्वरुपमा बनाएपश्चात सवारीधनीलाई प्रदान गर्ने सुनारले बताउनुभयो । ठुलो आवाज निकालेर सवारीसाधन चलाउँदा ध्वनि प्रदूषण हुनाका साथै मानव स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले त्यस्ता सवारीसाधन नचलाउन प्रहरीले आग्रह गरेको छ ।

साथै मोडिफाई गरिएका सवारी मापदण्डअनुसारको पुरानै स्वरुपमा बनाएर मात्र सञ्चालन गर्न अनुरोध गरेको छ । कार्यालयले नियमित सवारी चेकजाँचसँगै चर्को आवाज आउने सवारीमाथि निगरानी बढाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology