शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

इराक र टर्कीद्वारा जल सहयोग सम्झौतामा हस्ताक्षर

इराक र टर्कीद्वारा जल सहयोग सम्झौतामा हस्ताक्षर

  • खबर सेवा

  • मङ्लबार, कार्तिक १८, २०८२

  • 75
    SHARES
इराक र टर्कीद्वारा जल सहयोग सम्झौतामा हस्ताक्षर

इराक र टर्कीले पानी सहयोग सम्झौता कार्यान्वयन गर्न कार्यकारी संयन्त्रमा हस्ताक्षर गरेका छन् । जसलाई इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले इराकमा पानी संकटको दिगो समाधानमध्ये एक भनेर स्वागत गर्नुभएको छ ।

अल–सुदानीको मिडिया कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि यो संयन्त्रमा इराकी विदेशमन्त्री फुआद हुसेन र उहाँका भ्रमणमा रहेका टर्कीका समकक्षी हकान फिदानले हस्ताक्षर गर्नुभएको छ । अल–सुदानीले यो सम्झौता पानी क्षेत्रमा संयुक्त प्रमुख परियोजना प्याकेजहरूमार्फत कार्यान्वयन गरिनेमा जोड दिनुभयो ।

उहाँले यो संयन्त्रले द्विपक्षीय सम्बन्धलाई बढाउने र विभिन्न क्षेत्रहरूमा उनीहरूको विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । फिदानको बगदाद भ्रमणको समापनमा हस्ताक्षर भएको थियो । जहाँ उहाँले इराकी राष्ट्रपति अब्दुल लतीफ रशीदसँग भेट गर्नुभएको थियो ।

राष्ट्रपति कार्यालयको एक विज्ञप्तिमा भनिएको छ कि बैठकको क्रममा रशीदले टिग्रिस र युफ्रेटिस नदीहरूमा इराकको स्थापित अधिकारहरूको रक्षा गर्ने पानी बाँडफाँडको लागि निष्पक्ष र सन्तुलित दृष्टिकोणको लागि आह्वान गर्नुभयो ।

इराक र टर्किएले २०२४ मा टाइग्रिस र युफ्रेटिस नदीहरूको जलस्रोतको लागि १० वर्षे व्यवस्थापन योजनामा हस्ताक्षर गरेका छन् । जुन टर्किएको उत्तरबाट उत्पत्ति हुन्छ र दक्षिणी इराकमा बग्छ । इराकले लामो समयदेखि पानीको आफ्नो घट्दो हिस्साको बारेमा चिन्ता व्यक्त गर्दै आएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology