मङ्लबार, मंसिर २३, २०८२
English
Follow us:

गाजाः जहाँ हातखुट्टा गुम्छन् तर सपनाहरू बाँचिरहन्छन्

गाजाः जहाँ हातखुट्टा गुम्छन् तर सपनाहरू बाँचिरहन्छन्

  • खबर सेवा

  • बिहिबार, कार्तिक २०, २०८२

  • 87
    SHARES
गाजाः जहाँ हातखुट्टा गुम्छन् तर सपनाहरू बाँचिरहन्छन्

गाजा शहरको अल–दराजमा शरीरभर चोट बोकेका पूर्वफुटबल डिफेन्डर रमेज अल–इस्सी आफ्नो बायाँ खुट्टा बिना जीवन बिताउन सिक्दैछन्।

४१ वर्षीय उनी एक समय अल–हिलाल स्पोट्र्स क्लवका लागि उत्कृष्ट खेलाडी थिए । जनवरी १९, २०२४ मा श्रापनेलले लागेपछि उनको खुट्टा काटिएको थियो ।

चार दिनसम्म उनी गाजाको सबैभन्दा ठूलो चिकित्सा सुविधा अल–शिफा अस्पतालको भुइँमा पल्टिए । न ओछ्यान, न उपकरण, न पर्याप्त उपचार । आफू घर जाँदै गर्दा लगभग ५० मिटर टाढाको घरलाई निशाना बनाइएको उनी सम्झन्छन्। आफूलाई छर्राले लागेको थियो । उनलाई अझै फुटबल खेल्न मन छ। तर शरीरले साथ दिँदैन । आफूले फुटबल खेल्न नसके पनि भावी पुस्ताका लागि केही गर्ने उनको सोच छ ।

स्थानीय स्वास्थ्य अधिकारीहरूकाअनुसार अक्टोबर २०२३ देखि अंगभंग भएका गाजामा ५ हजार भन्दा बढी प्यालेस्टिनीहरूमध्ये अल–इस्सी एक हुन् । जसमा लगभग ७ सयबालबालिकाहरू पनि समावेश छन्। धेरै अंगभंग भएकाहरूले अस्थायी उपकरणहरू पाउँछन् । केहीले गाजामा उपलब्ध नभएको उन्नत कृत्रिम अंगहरूको लागि महिनौं कुर्नुपर्छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology