मङ्लबार, मंसिर २३, २०८२
English
Follow us:

प्रहरी हिरासतमा थुनुवाको मृत्यु

प्रहरी हिरासतमा थुनुवाको मृत्यु

  • खबर सेवा

  • शुक्रबार, कार्तिक २१, २०८२

  • 106
    SHARES
प्रहरी हिरासतमा थुनुवाको मृत्यु
प्रतिकात्मक तस्बिर

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ।

लागूऔषध मुद्दामा थुनामा रहेका वीरेन्द्रनगर–११ पिपिराका ३५ वर्षीय गङ्गे सुनार आज बिहान बेहोस अवस्थामा फेला परेपछि अस्पताल पुर्‍याउँदा मृत घोषित गरिएको हो। प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाका अनुसार सुनार ओछ्यानमै बेहोस भेटिएपछि उनलाई कर्णाली प्रदेश अस्पताल लगिएको थियो।

“साथीहरूले बिहान उठाउन खोज्दा नउठेपछि प्रहरीलाई खबर गरेका थिए,” उहाँले बताउनुभयो। उहाँका अनुसार घटनापछि हिरासतको ‘सिसिटिभी फुटेज’ जाँचिएको छ, जसमा सुनार राति बाथरुम गएर फर्किएपछि सुतिरहेका दृश्य देखिन्छ। सुनार ७८ दिनदेखि थुनामा थिए र आजै उनको मुद्दाको पेसी तय भएको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology